सानुको ‘माया गर्ने मान्छे’ (भिडियो)



काठमाडौं । विगत दुई वर्षदेखि फेसबुक पेजमा ‘स्पन्दन’ नामक साहित्यिक कार्यक्रम चलाउँदै दर्शक तथा श्रोताको माया पाइ रहेकी गायिका सानु महराको स्वरमा ‘माया गर्ने मान्छे’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । डिएआर मुभिज नामक युट्युव मार्फत उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो ।

गीतमा तुलसी बाँस्कोटाको शब्द तथा सनम पुरुष राईको संगीत रहेको छ भने रोशन वान्तवाले संगीत संयोजन गरेका छन् । उक्त गीतको भिडियोमा कमला नेपाली, अंकीता डाँगी, रमेश बन गोसाईं, वर्षा श्रेष्ठ र कमल विष्टको अभिनय रहेको छ । नेत्र विष्टको छायाँकन र आयुष वि.सी.को निर्देशन रहेको भिडियोको रंग संयोजन कृष्ण गौतमले गरेका छन् ।

विगत लामो समयदेखि नेपाली गीत–संगीतको क्षेत्रको अध्ययन गरिरहेकी सानुले अब भने यसै क्षेत्रमा सक्रियताका साथ संलग्न हुने बताएकी छिन् । चाँडै नै रामचन्द्र काफ्लेको साथमा उछिट्याउने दाउ बोलको युगल गीत ल्याउने तयारी समेत गरिरहेकी उनले आफ्ना शुभ चिन्तकहरुले दिएको सल्लाह तथा सुझाव अनुसार आफू अगाडि बढ्ने बताईन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.