‘आकासे खेती’ को गीतमा गौरव,बुद्दि,विल्सन,निता देखि मरिश्का सम्म (भिडियो)



काठमाडौँ। चलचित्र ‘आकासे खेती’ को गीत ‘चिटिक्कै परेर आइछेउ’ सार्वजनिक गरिएको छ । केही अगाडि फष्टलुक सार्वजनिक गरेको निर्माण युनिटले चलचित्रको प्रचार प्रसारमा थप बल पुर्याउन गीत सार्वजनिक गरेको हो । हरि उप्रेतीको शब्द, राजेशपायल राई, लोक पौडेल, अञ्जु पन्त र सुम्निमा इङ्नामको स्वर रहेको गीतमा विकाश चौधरीको संगीत छ ।

गीतमा चलचित्रका मुख्य कलाकार गौरव पहारी, विल्सन विक्रम राई, बुद्धि तामाङ, मरिश्का पोखरेल,निता ढुङ्गाना, रविन्द्र झा, रमा लिम्बु लगायतको आकर्षक नृत्य देख्न सकिन्छ । गीतको कोरियोग्राफी राजिव सिंहको छ ।

चलचित्र फागुन २७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । उदय सुब्बाको निर्देशन रहेको चलचित्रमा गौरव पहारी, विल्सन बिक्रम राई, बुद्धि तामाङ, निता ढुङ्गाना, मरिश्का पोखरेल,रविन्द्र झा, रमा लिब्बु, जयनन्द लामा, शिशिर बाङ्देल लगायतको मुख्य भूमिका छ ।

युवाहरुको विना मिहिनेत पैसा कमाउने सपना र तिब्बतियन शरणार्थीको विषयमा निर्माण भएको यो निर्देशक सुब्बाको १८ औं चलचित्र हो । यस अगाडि सुब्बाले थुप्रै सफल चलचित्र दिएका छन् । चलचित्र जि.जि ग्रुपका करण श्रेष्ठले उपत्यका र एफ.डि कम्पनीले उपत्यका बाहिर वितरण गर्नेछ । चलचित्र युवादेखि बृद्धसम्मको रूचिलाई ध्यानमा राखेर निर्माण गरिएको निर्देशक सुब्बाले बताए ।

केदार उप्रेती, जीवन सुब्बा, राजेन्द्र चोङबाङ, दीलप्रकाश याक्सो निर्माता रहेको चलचित्रको कथा निर्देशक आफैले तयार पारेका हुन् । चलचित्रको सम्वाद भने कलाकार विल्सन बिक्रम राईले लेखेका हुन् ।

एसएस इन्टरनेशनल फिल्मस् र तक्मे प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रमा बिक्रम डिसीको छायाँकन, सुजन बडालको सम्पादन, राजु किरातीको द्वन्द्व, रामजी लामिछाने र राजिव सिंहको नृत्य, विकास चौधरी र बादल लिम्बुको संगीत छ ।