खनालको लेखनमा ‘परस्त्री’ निर्माण घोषणा



काठमाडौं। चलचित्र ‘परस्त्री’ निर्माण हुने भएको छ । शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको निर्माण घोषणा गरियो । दीपेन्द्र के खनालको लेखन रहने सिनेमालाई सुरज पाण्डेयले निर्देशन गर्नेछन् । ‘लभ लभ लभ’ फेम्ड अभिनेता पाण्डेय यही चलचित्रबाट निर्देशनमा डेव्यु गर्दैछन् ।

डिएस डिजिटलको व्यानरमा निर्माण हुने चलचित्रमा शर्मिला पाण्डेयको लगानी रहनेछ । चलचित्रको निर्माण घोषणा कार्यक्रममा ‘परस्त्री’लाई नेपाली सँगै हिंन्दी भाषामा समेत निर्माण गरिने जानकारी दिइयो । गायक तथा अभिनेता कोशिस क्षेत्रीको मुख्य भुमिका रहने चलचित्रका लागि अन्य कलाकार छनोटको क्रममा रहेका छन् ।

निर्माण टिमका अनुसार चलचित्रका लागि आवश्यक अन्य कलाकार अडिसन मार्फत छनोट गरिने छ । सामाजिक कथावस्तुमा निर्माण हुने चलचित्र फागुन तेस्रो साताबाट फ्लोरमा जानेछ । चलचित्रलाई निरज कँडेलले छायांकन गर्नेछन् ।

चलचित्रको सम्पुर्ण छायांकन काठमाडौंमा गरिनेछ । यस्तै निर्देशनमा डेव्यु गर्न लागेका अभिनेता पाण्डेले आफ्नो पहिलो प्रथामितामा अभिनयभन्दा पनि निर्देशन रहेको बताए । सिनेमा क्षेत्रमा प्रवेश गरेदेखि नै आफु निर्देशकको रुपमा आउने चाहाना भएकाले पनि लामो समय निर्देशनमा अध्यन र अनुसन्धान गरेर ‘परस्त्री’ निर्देशन गर्ने हिम्मत जुटाएको बताए ।

निर्देशक खनालले निर्मात्री शर्मिला पाण्डेसँग मिलेर निर्माण गरेको चलचित्र ‘चिसो मान्छे’ प्रदर्शनको तयारीमा छ । यो चलचित्र कोरोना महामारीको तेस्रो लहरले असर नगरेको खण्डमा आगामी वर्षको बैशाख ३० गतेबाट प्रदर्शनमा आउनेछ ।