‘हामी तीन भाई’को गीतमा अस्मिता अधिकारीको स्वर



काठमाडौं – नेपाली कथानक चलचित्र ‘हामी तीन भाई’को गीत रेकर्डिङ गरिएको छ । कोरोना महामारीका बीच यो चलचित्रको घोषणा गरिएको थियो । रेकर्डिङ गरिएको गीतमा पछिल्लो पुस्ताकी लोकप्रिय गायिका अस्मिता अधिकारी र साप शक्तिले स्वर दिएका छन् । गीतमा साप शक्तिकै संगीत छ । महाराज थापाको एरेन्ज रहेको गीत ‘ए प्लस’ स्टुडियोमा रेकडिङ्ग गरिएको हो ।

गायिका अस्मिता पाश्र्व गायनमा पनि रुचाईएकी छिन् । चलचित्र ‘घामड शेरे’को ‘साली मनपर्यो’, ‘म यस्तो गीत गाउँछु २’को ‘तिम्रो घरको वरीपरी’ जस्ता उनले स्वर दिएका गीत निकै हिट छन् ।

मधुसुदन भट्टराईको निर्देशनमा बन्न लागेको चलचित्र ‘हामी तीन भाई’मा सलोन बस्नेत, जाहन्वी बस्नेत, शिशिर राणा, विकाश चापागाई, दीक्षा पाण्डे, दीपक मगर, भुवन काफ्ले, नरेन केसी, टेकेन्द्र न्यौपाने लगायतका कलाकारको अभिनय रहनेछ । भने, चलचित्रका लागि केही मुख्य कलाकार हाल छनोटको चरणमा छन् । प्रसिद्धि सिने आर्टसको व्यानरमा निर्माण हुने चलचित्रका प्रस्तुतकर्ता साजित महत हुन् । चलचित्रका विशेष सहयोगीमा शम्भु कुमार केसी छन् ।

विक्रम तामाङ कार्यकारी निर्माता रहेको चलचित्रमा हिमाल केसीको द्धन्द्व निर्देशन, कमल राईको कोरियोग्राफी, शिव ढकालको छायांकन, सुलभ मणि सापकोटा गीत रचना र मनिष गौतम र रिवाज दाहालको लेखन रहेको छ । पारिवारिक प्रेम कथामा आधारित रहने चलचित्रको मुख्य सहायक निर्देशक विनय पौडेल र रामजी राउत हुन् । चलचित्रको प्रोडक्सन कन्ट्रोलरमा शंकर बस्नेत र राम कार्की छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.