गरीमा लाई ‘गोठालो जान्छौकी’ भन्दै पुष्प (भिडियो)



काठमाडौँ। गायक तथा संगीतकार बेदु सारु मगरको ‘गोठालो जान्छौकी’ बोलको गीत भिडियो सहित सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायिका द्वय अन्जु पन्त र मेलिना राइ समेतले मगरलाई साथ दिएका छन । गीतलाई दिनेश सुबेदीले लेखेका हुन् भने दिक्षित पौडेल को एरेन्ज रहेको छ । सार्वजनिक भिडियोमा पुष्प खड्का,गरिमा शर्मा र सुमी मानन्धर फिचर्ड छन्।

पवन सुस्लिङको छायाँकन तथा सम्पादन रहेको भिडियोको सिता पोख्रेल सह निर्माता रहेकी छिन । मौसम हिमालीको कोरियोग्राफी तथा निर्देसन रहेको गीतलाई बेदु सारु मगर कै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।