बुढो बाघ संग तन्नेरी स्यालको प्रतिस्पर्धा


tulsi-ghimire cbn
(सेलिब्रेटी नेपाल) २३ जेठ-नेपाली चलचित्र बजारमा सरुवा रोग जस्तै रुपमा फ़ैलियको एकै हप्ता ३-४ चलचित्र रिलिज हुने क्रमको निरन्तरता संगै यो हप्ता पनि तिन चलचित्र प्रदर्शनमा आउने भएका छन्। बुढो बाघको रुपमा परिचित थुप्रै सफल चलचित्र दिएका निर्देशक तुलसी घिमिरेको निर्देशनमा बनेको चलचित्र ‘दृस्टीकोण’,अनुभबि तथा नेपथ्य बाट सफल हुने आशा बोकेका निर्देशक रामराजा दाहालको निर्देशनमा बनेको नेपथ्य र नव निर्देशक शिव घिमिरेको निर्देशनमा बनेको सुपारी एक आपसमा भिड्दैछन्। यो भिडन्त लाई बुढो बाघ संग तन्नेरी स्यालको प्रतिस्पर्धा भन्न थालिएको छ।

nepathya-ad-next

नेपथ्य’ सपना देख्नेहरूको कथा हो। सपना पूरा गर्न मानिसले गर्ने संघर्षको कथालाई नै ‘नेपथ्य’ले चलचित्रको दृश्यमा बुनेको छ। ड्रिम वर्क फिल्मको ब्यानरमा राजाराम दाहालले निर्देशन गरेको यो चलचित्र विशेष गरी युवा पुस्तामा लक्षित छ। कमेडी, पारिवारिक एवं सामाजिक कथा बोकेको यो चलचित्रमा विल्सनविक्रम राई, रेम विक, आदित्य बुढाथोकी, मानव सुवेदी, सोना तिमिल्सिना, रवी गिरी, शिशिर भट्ट, शुष्मा कार्की आदिको अभिनय रहेको छ।

हेराकुमारी शाहीको निर्माणमा शिव घिमिरेले निर्देशन गरेको चलचित्र ‘सुपारी’मा गजित बिष्ट र झरना थापाको मुख्य भुमिका रहेको छ । ‘सुपारी’  ‘एउटा रिभेन्ज एक्सन चलचित्र हो जहाँ मुख्य हतियार सुपारीलाई बनाईएको छ । चलचित्रमा रमेश शाही, सपना केसी, शरण डंगोल, विकेश शाही लगायतका कलाकारको पनि अभिनय रहेको छ।

दृस्टीकोण लभ स्टोरी चलचित्र हो। चलचित्रमा सबै मान्छेको दृस्टीकोण फरक फरक हुन्छ भन्ने देखाउन खोजिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.