स्वरुपराज र पवित्राको ‘कहाँ होला’ मा मीराज र सीता (भिडियो)



काठमाडौँ। गायक स्वरुपराज आचार्य र गायिका पवित्रा गुरुङको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘कहाँ होला’ बोलको गीतमा सोनाम डोमा भुटियाको शब्द रचना तथा गुरु भुटियाको संगीत रहेको छ। मदन खड्काको निर्देशनमा बनेको भिडियोलाई बिरेन्द्र भट्टले छायाँकन तथा विकास ज्ञवालीले सम्पादन गरेका छन्। भिडियोमा मीराज बिक्रम सिंह र सीता ज्योति फिचर्ड छन्। अनिल कुमार तामाङले निर्माण गरेको भिडियो गुरु भुटियाको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।