मनछुने कथामा अभिनय गर्न गइरहेकी छु : नीता ढुंगाना



काठमाडौं । अभिनेत्री नीता ढुंगानाले नयाँ चलचित्रमा अभिनय गर्ने भएकी छन् । उनी स्वयंमले यो कुराको जानकारी दिएकी हुन् । उनले रवि अर्यालको निर्देशनमा बन्न लागेको चलचित्रमा अभिनय गर्न लागेको जानकारी दिएकी हुन् ।

अभिनेत्री नीताले आफू मनछुने कथामा अभिनय गर्न गइरहेको बताएकी छन् । उनले फेसबुकमा निर्देशक अर्यालसँगको तस्वीर पोष्ट गर्दै लेखेकी छिन् ‘मनछुने कथामा अभिनय गर्न गइरहेकी छु । मन खुसी भएको छ र मलाई विश्वास गरेर जुन चरित्र दिनुभएको छ । यसमा मैले न्याय गर्ने कोशिश गर्नेछु ।’

उनले चलचित्रको नामसँगै अन्य कुराहरु भने खुलाएकी छैनिन् । निर्देशक अर्यालका अनुसार चलचित्रको नाम फाइनल भईसकेको छैन् । चलचित्रको नाम दर्तासँगै कलाकारहरु तय हुन बाँकी नै रहेको निर्देशक अर्यालले बताए । अहिलेसम्म नीतालाई मात्र फाइनल गरेको बताउँदै उनले केही दिनमा प्रेसमिट गरेर सम्पूर्ण जानकारी दिईने प्रतिक्रिया दिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.