फेवाताल किनारमा पाँचौ ‘पामे अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’



काठमाडौं। पर्यटकीय नगरी पोखराको फेवाताल किनारमा पुस १२ देखि १६ गतेसम्म ‘पामे अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुने भएको छ। नेपाली चलचित्रको स्वदेश तथा विदेशमा प्रवर्द्धन गरी कला, साहित्य, संगीतलाई विश्वभर पुर्याउने लक्ष्यसहित नेपाल संस्कृति केन्द्रले महोत्सव आयोजना गरेको हो।

महोत्सवमा ख्यातिप्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र प्रदर्शनी, कलाका सम्पूर्ण विधा, सङ्गीत, साहित्य, विभिन्न सांस्कृतिक कार्यक्रमका साथमा नेपाली खानाका विभिन्न परिकारसमेत प्रवर्द्धन गरिने आयोजकले जनाएको छ। महोत्सवमा विश्वका २० राष्ट्रका २०० भन्दा बढी चलचित्र एवं कला क्षेत्रका हस्ती, उद्यमी, साहित्यकार, सङ्गीतकार, लेखक सहभागी हुनेछन्। उनीहरूका बीचमा कला क्षेत्रलाई अन्तर्राष्ट्रियकरण र स्तरीकरण गर्नेबारेमा छलफल गरिने र चलचित्र बजारका सम्भावनालगायत विविध विषयमा मन्थन हुने महोत्सव आयोजकले बताए।

महोत्सवमा विश्वभरबाट आएका लामा चलचित्र, छोटा चलचित्र एवं बृत्तचित्र गरी ९४ वटा दृश्यचित्रको प्रस्तुति रहनेछ। साहित्यकारहरूका प्रस्तुति, विभिन्न सांस्कृतिक कार्यक्रमअन्तर्गत थारू नाच, र्याम्प वार्क, भेषभुषा सो, गुरुङ नाच, खत्रीहरूको खुकुरी नाचलगायत नेपाली आकर्षक मौलिक प्रस्तुति महोत्सवका आकर्षण रहेका छन्। महोत्सवका अवसरमा कथानक चलचित्र पुरस्कार, लघु चलचित्र पुरस्कार, वित्तचित्र पुरस्कार, विद्यार्थी चलचित्र पुरस्कार, चलचित्र क्रिटिक पुरस्कार र अडियन्स चोइस विधामा अवार्ड र पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ।

कथानक चलचित्र पुरस्कार राशि रु १ लाख ५० हजार तथा अन्यको रु ६० हजार रहेको छ। महोत्सव कला, साहित्य र चलचित्रको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकलाई भित्र्याउन भूमिका खेल्ने विश्वास आयोजकको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.