मिलन चाम्स निर्देशित, बेनिशा अभिनित ‘ब्लाइन्ड रक्स’ युट्युबमा



काठमाडौं, पुस ९ । नेपाली कथानक चलचित्र ‘ब्लाइन्ड रक्स’ युट्युबमा सार्वजनिक गरिएको छ । दृष्टिविहीन युवती सृष्टि केसीको जीवनमा आधारित भएर निर्माण गरिएको बायोपिक चलचित्र शुक्रबार हाइलाइटस् नेपाल युट्युब च्यानलमा सार्वजनिक गरिएको हो ।

मिलन चाम्स निर्देशित चलचित्रमा बेनिशा हमाल शीर्ष भूमिकामा छिन् । चलचित्रमा उनले सृष्टिको भूमिका निभाएकी छिन् । त्यस्तै, अर्पण थापा, गौरी मल्ल, अनिलकेशरी शाह लगायतको अभिनय छ । निकेश लिम्बु निर्माता रहेको चलचित्रमा यम थापा र सुमन उप्रेतीको लेखन, नवराज कृष्ण थापाको डिओपी, अर्जुन जिसीको सम्पादन छ ।

हल प्रदर्शनमा चलचित्रमा नायिका वेनिशा हमालको कामको तारिफ भएको थियो । अन्य कलाकारहरुको कामलाई पनि दर्शक तथा चलचित्रकर्मीहरुले तारिफ गरेका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.