मेलिना राईको ‘संगै वाँचौला’ मा फोटो पत्रकार वन्त (भिडियो)



काठमाडौ । मेलिना राईको स्वरमा रहेको ‘संगै वाँचौला’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतकार सान्तोष जंग थापाको शब्द रचना र नविन कार्कीकोे संगीत रहेको गीतमा सुमन केसीको संगीत संयोजन रहेको छ ।

नेपालकै गाउँघरको यर्थाथ परक कथामा आधारित भिडियोमा फोटोपत्रकार प्रदीपराज वन्त र सविता श्रेष्ठ फिचर्ड छन् । रेजिना तुलाधरको पहिलो निर्देशन रहेको भिडियोमा नविन वावु गुरुङकको सिनेमाटोग्राफी र नविन निरौलाको सम्पादन रहेको छ । सिजन इन्टरटेन्मेनटद्धारा निर्माण गरिएको भिडियोलाई सिजन टिभि युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।