फागुन २७ गतेबाट ‘आकाशे खेती’



काठमाडौं। चलचित्र ‘आकाशे खेती’को फर्स्टलुकसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । यो सिनेमा फागुन २७ गतेदेखि रिलिज हुनेछ ।

उदय सुब्बाले निर्देशन गरेको चलचित्रमा गौरव पहारी, विल्सन विक्रम राई, बुद्धि तामाङ, नीता ढुंगाना, रवीन्द्र झा, रमा लिम्बु, जयनन्द लामा, शिशिर बाङ्देल लगायतका कलाकारको अभिनय छ ।

चलचित्रमा तिब्बती शरणार्थीको विषयलाई प्रस्तुत गरिएको छ । केदार उप्रेती, जीवन सुब्बा, राजेन्द्र चोङ्वाङ र दिलप्रकाश याक्सो निर्माता रहेको यो चलचित्रमा उदयको कथा, विल्सन विक्रम राईको संवाद छ ।

चलचित्र एसएस इन्टरनेशनल फिल्म्स र तक्मे प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको हो । विक्रम डीसीले छायांकन गरेको चलचित्रलाई सुजन बडालले सम्पादन गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.