कोरियोग्राफर लिगेशको अभिनयमा ‘मैले भन्दा माया गर्ने’ सार्वजनिक



काठमाडौँ। गायक सिडी विजय अधिकारीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। आर. बि थापाको शब्द तथा संगीत रहेको ‘मैले भन्दा माया गर्ने’बोलको गीतमा राजु कार्कीको संगीत संयोजन रहेको छ। सुनिता बस्नेतको निर्देशनमा बनेको भिडियोमा लामो समय देखि कोरियोग्राफरको रुपमा काम गर्दै आएका लिगेश भट्टराई र अभिनेत्री तथा मोडल सारिका घिमिरे फिचर्ड छन्।

उत्सव दाहालले छायाँकन गरेको भिडियोको सम्पादन लिगेश भट्टराईले गरेका हुन्। भिडियो ओएसआर डिजिटलको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.