‘रेडी भएर बस्नु’ भन्दै केकी (भिडियो)



काठमाडौँ। आर.के श्रेष्ठको प्रस्तुतिमा तयार भएको ‘रेडी भएर बस्नु’ बोलको गीत ओएसआर डीजिटलको युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । आर. के श्रेष्ठ र तारा श्रृष मगरकोे स्वर रहेको यो गीतमा राजेन्द्र थापाको शब्द, राजनराज सिवाकोटीको संगीत छ ।

भिडियोमा केकी अधिकारी र विजु पार्कीकोे अभिनय छ । भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् । माधव शर्मा एसोेसियट निर्देशक रहेको भिडियोमा विकास दाहालको सम्पादन, दीपक मान सिंहको कोरियोेग्राफी, उत्सव दाहालको छायांकन छ । भिडियोमा निर्देशक कार्कीले युवा र युवतीविचकोे रोेमान्टिक पललाई डान्सिङ शैैलीमा प्रस्तुत गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.