बुद्ध र सुनिताको ‘के छ खबर’ (भिडियो)



काठमाडौँ। गीतकार हिराकाजी थापा र संगीतकार नागेन्द्र श्रेष्ठको सहकार्यमा तयार भएको ‘के छ खबर’ को म्युजिक भिडियो सार्वजनिकगरिएको छ।

गायक बुद्ध लामा र गायिका सुनिता कार्कीको स्वर रहेको म्युजिक भिडियो गीतकार थापाले निर्देशन गरेका हुन्। सार्वजनिक भिडियोमा उषा उप्रेती र सागर खनाल फिचर्ड छन् ।

iभिडियोमा लामो समयदेखि एकअर्काको प्रेममा रहेका एक जोडीको कथा प्रस्तुत गरिएको छ। निर्देशक थापाकै शब्दमा बनेको गीत नागेन्द्र श्रेष्ठको संगीत र राहुल प्रधानको संगीत संयोजनमा तयार भएको हो।

भिडियोको छायांकन पुराना तथा अनुभवी सिनेम्याटोग्राफर सागर प्रधानले गरेका हुन् भने सम्पादन अनिल राना मगरले गरेका छन्। भिडियोमा प्रमोद भण्डारीको कोरियोग्राफी छ।