अनाथालयलाई ‘चुरीफुरी’ टिमको सहयोग



काठमाडौँ। शुक्रबार अर्थात ९ पुसबाट प्रदर्शनमा आउने चलचित्र हो ‘चुरीफुरी’ । फिल्मले अनाथ बालबालिकालाई खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको छ । चलचित्र युनिटले निर्देशक ऋषिराज आचार्यसहित फिल्म युनिट म्हेपीमास्थित पिएम नेपाल नामक अनाथालय पुगी त्यहाँ आश्रित बालबालिकालाई जाडोका लागि आवश्यक न्याना लत्ताकपडाका साथै खाद्यान्न समेत सहयोग गरेका हुन् ।

जिम्मेवार नागरिकको सामाजिक दायित्व अन्तर्गत ‘चुरीफुरी’को तर्फबाट अनाथ बालबालिकालाई सहयोग गरेको निर्देशक आचार्यले बताए । आरबी मुभिजको ब्यानरमा निर्मित चलचित्रमा अभिषेक श्रेष्ठ, रविन्द्र झा, सुवोध गौतम, दीपक आचार्य, पूजा पन्त, सोना बज्राचार्य, रिन्जिन गुरुङ, सुरवीर पण्डित, तुलसीप्रसाद श्रेष्ठ, राजेन्द्र खाती, राजीवजंग बस्नेत, मनिल तामाङ, रश्मी भट्ट, ऋतु आचार्यलगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

राहुल राईको छायाङ्कन, दीपक शर्माको संगीत र भीमफेदी गाइजको कोरियोग्राफी रहेको फिल्म नविन निरौलाले सम्पादन गरेका हुन् । फिल्मको सह निर्मातामा विमला भुसाल, राजेन्द्र खाती, शिव थापा र खेमराज भण्डारी छन् भने निर्मातामा निर्देशक आचार्य स्वयम् र रिना ढकाल (भण्डारी) छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.