खुमन र शान्ति श्रीको ‘सानुको अँगालो’ सार्वजनिक (भिडियो)



काठमाडौँ। गायक खुमन अधिकारी र गायिका शान्ति श्री परियारको स्वरमा रहेको नयाँ लोक तथा दोहोरी गीतको भिडियो सार्वजनिक गरिएको छ। बिष्णु न्यौपानेको शब्द रचना रहेको गीतमा खुमन अधिकारीको संगीत रहेको छ। ‘सानुको अँगालो’बोलको गीतको भिडियोमा गीता ढुंगाना र अभिषेक खड्का फिचर्ड छन्। बिक्रम चौहानको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोलाई प्रकाश खड्काले छायाँकन र लक्ष्मण चौहानले सम्पादन गरेका छन्। भिडियो एसपी म्युजिकको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।