दयाहाङ र मिरुनाको प्रेममा सौगात भिलेन,‘कबड्डी ४’ टिजर (भिडियो)



काठमाडौं। रामबाबु गुरुङको निर्देशनमा निर्माण भएको चलचित्र ‘कबड्डी ४ : द फाइनल म्याच’को टिजर सार्वजनिक गरिएको छ । चलचित्रको टिजर रिलिजसँगै प्रदर्शन मिति समेत घोषणा गरिएको छ । चलचित्र २०७९ सालको वैशाख २३ गतेबाट प्रदर्शनमा आउने छ ।

बाँसुरी फिल्मस्को प्रस्तुतिमा तयार भएको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतका कलाकारको अभिनय छ ।

चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, अनुपम शर्माको संगीत, रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन छ । चलचित्रको टिजरमा दयाहाङ राई र मिरुना मगरको प्रेममा सौगात मल्लको प्रवेशलाई रोचक तरिकाले प्रस्तुत गरिएको छ ।

चलचित्रका निर्माता विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार र मणिराम पोखरेल हुन् । ‘कबड्डी’का अघिल्ला तीन सिरिज सफल भएका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.