पुष्प र शिल्पाको ‘मंगलम’ युट्युबमा


काठमाडौं, पुस ५ । नेपाली चलचित्र ‘मंगलम’ युट्युबमा सार्वजनिक गरिएको छ । २०७४ सालमा हलमा प्रदर्शनमा आएको चलचित्र चार वर्षपछि आईतबार साँझ हाइलाइटस नेपाल युट्युब च्यानलमा सार्वजनिक गरिएको हो ।

शिल्पा पोखरेलको प्रस्तुती तथा छविराज ओझा कार्यकारी निर्माता रहेको चलचित्रमा पुष्प खड्का र शिल्पा पोखरेल मुख्य भूमिकामा छन् । त्यस्तै, मिथिला शर्मा, नीर शाह, साम्राज्ञी राज्यलक्ष्मी शाह, पृथ्वीराज प्रसाइँ लगायतको पनि चलचित्रमा मुख्य भूमिका छ । सामाजिक र पारिवारिक पृष्ठभूमिमा रहेर प्रेमकथालाई प्रस्तुत गरिएको चलचित्रलाई नवल नेपालले निर्देशन गरेका हुन् । चलचित्रमा गोविन्द फूयाँलको कथा छ ।

यस चलचित्रलाई दर्शक तथा कलाकारहरुले प्रशंसा गरेका थिए । कथा, कलाकारको अभिनय, निर्देशकीय क्षमता लगायतका पक्षबाट चलचित्रले तारिफ पाएको थियो । यस चलचित्रबाट अभिनेता पुष्पले २०७४ सालको राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट नायकको अवार्ड पाएका थिए ।

विष्णु घिमिरेको छायांकन रहेको ‘मंगलम’मा मित्रदेव गुरुङले सम्पादन रहेको छ । चलचित्रलाई युट्युबमा पनि दर्शकले निकै राम्रो प्रतिक्रिया दिएका छन् । युट्युबमा चलचित्रको भ्युज पनि  बढिरहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.