केकीको चलचित्र ‘सिल्ली फो’ को छायाँकन सकियो



काठमाडौं । राज बहादुर सानेको निर्देशनमा बनेको चलचित्र ‘सिल्ली फो’ को छायांकन सकिएको छ । चलचित्रकी मुख्य अभिनेत्री केकी अधिकारीको जन्मदिनको अवसर पारेर सिनेमाको छायांकन सकिएको निर्माण टिमले जानकारी गराएको छ ।

केही दिनदेखि चलचित्रको नेपालगञ्ज आसपासका ठाउँमा छायाँकन भईरहेको थियो । कमेडी जनरामा निर्माण भएको चलचित्रको केकीलाई जन्मदिनको शुभकामना सहित इन्डक्ल्याप गरिएको निर्देशक सानेले बताए ।

चलचित्रमा केकीका अलवा धिरेन शाक्य, रविन्द्र झा, राजाराम पौडेल, दीपक थापा, पुर्णचन्द्र पोखरेल, अनिता लामिछाने लगायताका कलाकारको अभिनय रहेको छ । यही चलचित्रबाट दिनेश रेग्मी, भुगोल कार्की र रमेश बजगाईले अभिनयमा डेव्यु गर्दैछन् । ह्याप्पी फिल्म प्रा.लीको व्यानरमा निर्माण भएको चलचित्रका निर्माता मनोज डिके हुन् ।

बिशाल श्रेष्ठ र सागर बिष्ट सह-निर्माता रहेको चलचित्रमा रबी केसीको मेकअप, शिव बिकको कोरियोग्राफी, देब महर्जनको द्धन्द्व निर्देशन, दिव्यराज सुवेदीको छायांकन, तारा थापा किम्भेको सम्पादन छ । चलचित्रमा सहायक निर्देशकको रुपमा विशाल बराल र केशव शर्माले काम गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.