गायक तथा संगीतकार प्रभावन जे को नयाँ गीत ‘छायाँ’ सार्वजनिक



काठमाडौँ। गायक तथा संगीतकार प्रभावन जे को नयाँ गीत ‘छायाँ भेटाइ देउ’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा शब्द रचना तथा संगीत संयोजन पनि गायक स्वयम्को रहेको छ। वियोगान्त गीतमा प्रेमिकाले धोका दिंदा प्रेमीले पाएको दुख पिडालाई भिडियोमा देखाउन खोजिएको छ। मार्मिक गीतको भिडियोलाई साजन पराजुलीले निर्देशन गरेका हुन्। मधुर बस्नेतले छायाँकन गरेको भिडियोलाई कृष्ण गौतमले सम्पादन गरेका हुन्। भिडियो डिएआर मुभिजको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। भिडियोमा सरोज दाहालले अभिनय गरेका छन्।