कृष्ण र समीक्षाको ‘चोलीको तुना’ मा गरीमा शर्मा (भिडियो)



काठमाडौँ। गायक कृष्ण काफ्ले र गायिका समीक्षा अधिकारीको आवाज रहेको गीत ‘चोलीको तुना’ सार्वजनिक गरिएको छ । गीतको रचना साथै लय सिर्जना गायक काफ्ले र राजन कार्कीले गरेका हुन् । श्याम श्वेत रसाइलीको सङ्गीत संयोजन गीतमा समावेश छ ।

सार्वजनिक भिडियोमा मोडेल गरीमा शर्मा फिचर्ड छिन् । साथै उनलाई अभिनयमा रोशन केसीले साथ दिएका छन् । रोशनको यो डेब्यु म्युजिक भिडियो हो । डेब्यु म्युजिकमा नै रोशनको निकै उत्कृष्ट प्रस्तुति रहेको निर्देशक निशान बताउँछन् । हरि बहादुर घलेको छायाङ्कन , शिशिर खातीको कोरीयोग्राफी रहेको भिडियोको निर्देशन तथा सम्पादन निशान घिमिरेले गरेका हुन् । भिडियोको पोस्ट प्रोडक्सन भने र्याड स्टुडियोमा गरिएको हो ।

राम्रो टिमसँग काम भएको र निकै मेहनत गरिएको कारणले पनि गायक काफ्ले यस गीत प्रति आशाबादी देखिएका छन् । हुन त गायक कृष्ण काफ्लेका थुप्रै गीतहरू हिट छन् । पर्ख पर्ख मायालु, देखन चम्पा , तिम्रो पिक्चर हिट, मैले बोलेको छैन ढाँटेर, हाने मैले झटारो, चाखुम चाखुम, माया बस्यो, ताला चाबी लगायत काफ्लेका हिट गीतहरू हुन् ।