‘चपली हाइट ३’ अब पुस १५ मा रिलिज हुने



२७ मंसिर, काठमाडौं । आगामी शुक्रबार अर्थात पुस २ गतेका लागि प्रदर्शन मिति तोकेको चलचित्र ‘चपली हाइट ३’सो मितिमा प्रदर्शन नहुने भएको छ ।

सोमबार निर्माण टिमले एक प्रेस विज्ञप्ती जारी गर्दै चलचित्र अब पुस १५ गते प्रदर्शनमा आउने जानकारी दिएको हो । आफ्नो चलचित्र प्रदर्शन हुने मितिमा अंग्रेजी चलचित्र ‘स्पाइडर म्यान’ र साउथको हिन्दी डब चलचित्र ‘पुष्पा’ रिलिज हुने भएपछि ‘चपली हाइट ३’को प्रदर्शन दुई साता पछाडि सारिएको हो ।
निर्माता अर्जुन कुमारले ‘पुष्पा’ को हिन्दी डब नेपाल आएको खण्डमा आफ्नो चलचित्र रिलिज नगर्ने घोषणा गरेका थिए ।

यद्यपी, निर्माण टिमले विविध कारणले चलचित्रको नयाँ प्रदर्शन मिति तय गरिएको विज्ञप्तीमा उल्लेख गरेको छ । अर्जुन कुमारको निर्माण एवं निकेश खड्काको निर्देशन रहेको चलचित्र क्राइम थ्रिलर जनरामा बनेको हो ।

चलचित्रमा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, अर्पण थापा लगायतका कलाकार शीर्ष भूमिकामा छन् । त्यस्तै दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौला लगायतका कलाकारको समेत चलचित्रमा अभिनय छ । चलचित्रको कथा तथा संवाद आकाश बरालले लेखेका हुन् ।

‘चपली हाइट ३’ प्रदर्शनसँगै नेपाली चलचित्र क्षेत्र चलायमान हुने विश्वास धेरैको छ ।
सार्वजनिक प्रेस विज्ञप्ती :