सुनिताको ‘भाग्य भित्र जीवन’ मा पृथ्वी र अनु (भिडियो)


काठमाडौँ। नृत्यांगना सुनिता बस्नेत निषेधाज्ञा खुकुलो भएयता नृत्य प्रशिक्षकसंगै म्युजिक भिडियो निर्देशनमा समेत ब्यस्त बनेकी छन् । उनको कोरियोग्राफी रहेको ‘भाग्य भित्र जीवन’बोलको म्युजिक भिडियो फुलारा इन्टरटेनमेन्ट नेटवर्क र श्यामखत्रीको संयुक्तनिर्माणमा बनेको छ । युवा साहित्यकार एवं गीतकार भीष्मराज फुलाराको शब्द ‘भाग्यभित्रजीवन’बोलको गीतमाअञ्जु पन्तको स्वर रहेको छ भने बाबुल गीरीले संगीत भरेका छन् ।

समसामयिक मर्मस्पर्शी गीतले नेपाली एकल नारीको भाग्य कस्तो हुन्छ भन्ने कुरा चित्रित गरेको छ । ‘भाग्यभित्रजीवन’को भिडियोमा पृथ्वी प्रसाई र अनु शाहले अभिनय गरेका छन् । कोरियोग्राफर सुनिता बस्नेत, श्रृंगार रुपा मानन्धर,छायांकन सुमन कार्कीको रहेको भिडियोको निर्देशन रामजी लामिछानेले गरेका छन् ।