राजु र शान्तिश्रीको यथार्थ बोकेको गीत



काठमाडौँ। गायक राजु परियार र गायिका शान्तिश्री परियारको आवाजमा सजिएको लोकभाका ‘बाले दियो बल्छ होलानी ’ को भिडियो सार्वजनिक गरिएको छ ।राजु परियारकै शब्द ,संगीतमा सिर्जित यो भाका नेपाली समाजमा अझै जरो गाडेर बसेको जातीय प्रथाको बिषय उठान गर्दै तयार भएको छ । गीत निकै मार्मिक बनेको छ । जातकै कारण प्रेमी ,प्रेमिकाको बिछोडको कथा समेटेको यो गीत नेपालि समाजमा समसामायिक बनेको छ ।

रेजिना संगीत सरगमको प्रस्तुतिमा बनेको भिडियो निशान बानियाँको निर्देशन, शिब पौडेलले सम्पादन, दिपक गिरीको छायांकन रहेको छ । गीतको भिडियोमा भने शिशिर पौडेल र आयुष्मा कार्कीको अभिनय रहेको छ । सार्वजनिक भिडियो राजु परियारको आफ्नै युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।