मिलेर लगानी गरेर चलचित्र बनाउने भए तयार छु : करिश्मा मानन्धर


फाइल तस्वीर

काठमाडौं, २६ मंसिर । अभिनेत्री करिश्मा मानन्धरले अहिलेको अवस्थामा मिलेर लगानी गरेर चलचित्र निर्माण गर्नुपर्ने धारणा राखेकी छिन् ।
कोरोना महामारीका कारण एकजनाले मात्रै ‘रिस्क’ लिएर चलचित्र निर्माण गर्ने अवस्था नरहेको बताउँदै आफूले साथीहरुलाई पनि मिलेर लगानी गरेर चलचित्र निर्माण गर्न आब्हान गर्ने गरेको बताईन् । उनले भनिन्, –‘मैले सबै साथीहरुलाई यही भन्ने गरेकी छु । यदी कोही त्यसरी चलचित्र निर्माण गर्न तयार भए आई एम अल्वेज रेडी ।’

लगानी मिलेर गरेर चलचित्र निर्माण गर्न आफू तयार रहेको करिष्माको भनाई छ । उनी भन्छिन् ‘त्यसरी चलचित्र निर्माण भए एउटैलाई मार नपर्ने भयो । चलचित्र चल्यो भने सबैलाई फाइदा हुने भयो । टीमवर्क पनि हुने भयो ।’ उनले अहिलेको अवस्थामा आफू एक्लैले लगानी गरेर चलचित्र निर्माण नगर्ने बताईन् ।

करिश्माले पछिल्लो समय प्रविधिका कारण चलचित्र हलसम्म जाने ‘कल्चर’ अलिकति कम भएर गएको अनूभूति आफूलाई भएको समेत बताएकी छिन् । हलमा नहेरेपनि दुई महिनापछि युट्युबमा आइहाल्छ अनि हेरौंला भन्ने खालको ‘विकल्प’ दर्शकमा हुने गरेको करिश्मा बताउँछिन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.