नेपाल र अमेरिकामा विशेष प्रदर्शन हुँदै ‘फिच्यो’



काठमाडौँ। चलचित्र ‘फिच्यो’ अर्थात ‘कान्छी छोरी’ को विशेष प्रदर्शन हुने भएको छ । सार्वजनिक प्रदर्शन अगाडि चलचित्रको नेपाल र अमेरिकामा एकसाथ विशेष प्रदर्शन गर्न लागिएको निर्देशक विकास घले गुरुङले बताए । ‘स्वदेश तथा विदेशबाट चलचित्रको माग भइरहेको छ’ निर्देशक विकासले भने, ‘फिल्मको रिलिज माहोल बन्न नसकेकोले केही विशेष प्रदर्शन गर्न लागेका हौं ।’

चलचित्र नेपाली, अङ्ग्रेजी र गुरुङ गरेर तीन भाषामा निर्माण भएको छ । विकासकाअनुसार गुरुङ र तमुहरुको महान चाड ल्होसारको अवसर पारेर पुस ३ गते काठमाडौंको रानीदेवी पार्टी प्यालेस र यही अवसर पारेर अमेरिकामा युनाइटेट गुरुङ एसोसियसन अफ अमेरिका (युजिएसए) ले फिल्मको विषेश प्रदर्शन गर्न लागेको हो । विषेश प्रदर्शनमा सबैलाई सहभागी हुन विकासले अनुरोध समेत गरेका छन् ।

चलचित्रमा विश्वास गुरूङ, इन्द्र घले (काशी), टिकाराम घले, सीतादेवी गुरुङ, डीबी गुरुङ, कल्याण थापा, कृष्ण गुरुङ, सुबेदार मन्त्री जङ गुरुङ, अन्जना गुरुङ, पेम्बा छिरिड शेर्पा, सिर्जना गुरुङ, बिरुप घले लगायतको अभिनय रहेको छ ।

गुरुङ समुदायको रीतिरिवाज, भेषभुषा, चालचलन सहितको कथावस्तु बोकेको फिल्म स्वदेशका आकर्षक लोकेसनमा छायाङ्कन भएको छ । विषयवस्तु र कथा–पात्र सुष्मरुपले केलाएर प्रस्तुत गर्ने निर्देशक विकासले फिल्म आम नेपाली सबैको रूचिलाई ध्यानमा राखेर निर्माण भएको बताए ।

रेड ओसियन इन्टरटेन्मेन्टको पहिलो प्रस्तुति रहेको फिल्म निर्देशक विकासले नै लेखेका हुन् । प्रकाश गुरुङ (काश)का छायाङ्कन, सन्तोष श्रेष्ठ र गणेश गुरुङको संगीत छ । फिल्ममा लेखन, निर्देशन तथा सम्पादन विकास घलेकै रहेको छ । चलचित्रमा नृत्य गोरे गुरुङको रहेको छ ।

शान्ति माया गुरुङ (युएसए), मन्त्री जङ गुरुङ, बुद्धिमाया गुरुङ (ईराक) र अभिनाश यम.जि (मांगसुम) निर्माता रहेको फिल्मले बिग्रँदो सामाजिक परिस्थितिले कर्मठ र जेहेन्दार युवालाई कसरी असर पुर्याउँछ भन्ने देखाउन खोजिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.