बर्षा राउत ‘लाखे’ मा अनुबन्धित



काठमाडौंँ । अभिनेत्री बर्षा राउत चलचित्र ‘लाखे’ मा भित्रिएकी छन् । चलचित्रको मुख्य अभिनेत्रीको रुपमा उनी भित्रिएकी हुन् । निर्देशक सम्राट बस्नेत र कार्यकारी निर्माता हरि मल्ल ठकुरीले बिहिबार उनीसँग चलचित्र अभिनयको संम्झौता गरेका हुन् । ‘लाखे’ को कथा मनपरेको कारण चलचित्रसँग आफु जोडिएको बर्षाले बताइन् । ‘कथाबस्तुमात्र होइन चलचित्रको युनिट पनि एकदमै राम्रो छ’ बर्षाले भनिन् ‘‘लाखे’ मा मेरो भुमिका अहिलेसम्मकै फरक देख्न सक्नुहुन्छ ।’

बर्षासँगै चलचित्रको युनिट पुरा भएको छ । सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल लगायत मुख्य कलाकार रहेको फिल्ममा बर्षा कस्को जोडीको रुपमा देखिने हुन् त्यो भने निर्माण युनिटले अहिले गोप्य राखेको छ ।

फिल्ममा सौगात, अनुपविक्रम, आर्यन, अर्पण, सुशील, विजय को अलवा सुनिल थापा, रक्षा बुढाथोकी, अजय पन्त, उमेश सुनाम, रुपेश झा, चक्र बहादुर बिष्ट, सुजन ए.परियार, श्रवण कुमार राणा, राजन भुजेल, अन्विशा खड्गी र बालकलाकार सिष्टम भण्डारीको अभिनय रहनेछ ।
ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर प्राली र औरियन प्रोडक्सन प्रालीको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता सिजन अर्याल हुन् । कथा समेत निर्माता अर्यालकै रहेको फिल्मको गणेश मल्ल ठकुरीको प्रस्तुकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन् ।
ठुलो बजेटमा निर्माण हुन लागेको फिल्मको दिलिप पन्त प्रोडक्सन डिजाइनर रहेका छन् । फिल्मको छायांकन आगामी पुसको दोस्रो साताबाट सुरु निर्माण युनिटले जानकारी दिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.