नरेन र सुरक्षाको ‘बुलाकी’ छायाँकन सकियो



काठमाडौँ। चलचित्र ‘बुलाकी’ को छायाँकन सकिएको छ । छायाँकन सुरु भएको २४ औं दिनमा को छायाँकन सकिएको हो । चलचित्रका निर्देशक लक्ष्मण सुनार हुन् । चलचित्रको दुई गीत छायांकन बाँकी राखेर निर्माण युनिट डोल्पाबाट काठमाडौं फर्किएको हो । बाँकी रहेको गीतको छायांकन पुसपछि गर्ने निर्देशक सुनारले जानकारी दिए । चलचित्रको दृश्य सम्पूर्ण दृश्यको छायांकन डोल्पामै भएको छ ।

सुरक्षा पन्त, नरेन खड्का, विराज बिष्ट, प्रकाश कँडेल, सरस्वती खत्रीको मुख्य भूमिका रहेको चलचित्र मोती विष्टको प्रस्तुति र गोपाल विष्टको निर्माणमा बनेको हो ।
निर्देशक सुनार स्वयंको लेखन र सौगात कँडेल सह–निर्माता रहेको चलचित्र शिव ढकालले खिचेका हुन् । नेपाली समाजमा बिद्यामान जारी प्रथा कथाको रुपमा उठाएको चलचित्रमा रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, उपासना वाइवा, सोनु सेढाई, धनबहादुर राई, कमल गाउँलेको पनि अभिनय देख्न पाइन्छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.