काठमाडौं, मंसिर २१ । पुस ९ गतेका लागि प्रदर्शन मिति तोकेको ऋषिराज आचार्य निर्देशित चलचित्र ‘चुरीफुरी’ सेन्सर पास भएको छ ।
केन्द्रीय चलचित्र जाँच समितिले ‘चुरीफुरी’लाई प्रदर्शनका लागि अनुमति दिएको हो । चलचित्रले युनिभर्सल सर्टिफिकेट पाएको छ । योसँगै अब यो चलचित्र जुनसुकै उमेर समूहका दर्शकले हेर्न पाउनेछन् ।
‘चलचित्र ‘चुरीफुरी’ले पारिवारिक वातावरणमा स–परिवार बसेर सबैले हेर्न मिल्ने प्रमाणपत्र (युनिभर्सल सर्टिफिकेट) प्राप्त गरेको छ । चलचित्र पुस ९ गते प्रदर्शन हुँदैछ । यहाँहरु सबैको साथ र मायाको अपेक्षा गर्दछु’– निर्देशक ऋषिराजले मंगलबार बिहान फेसबुकमा उल्लेख गरेका छन् । कमेडी विधाको यो चलचित्रमा आचार्यकै लेखन र निर्माण छ ।
चलचित्रमा अभिषेक श्रेष्ठ, पूजा पन्त, राजीवजंग बस्नेत, रवीन्द्र झा, शिशिर भण्डारी, सुबोध गौतम, सुरवीर पण्डित लगायतका दर्जन बढी कलाकारहरुकोअभिनय छ । ऋषिराजसँगै रीना ढकाल चलचित्रको निर्माता हुन् ।