मुकुन र लक्ष्मीको ‘बिच्छेद’ छायाँकन सकियो



काठमाडौं। बिश्वव्यापी महामारी ‘कोभिड १९’ को चपेटामा परेको चलचित्र ‘बिच्छेद’को तीन बर्षपछि छायांकन सकिएको छ । २०७६ वर्षको चैत ५ गतेबाट सुरु भएको चलचित्रको छायांकनबीचमा नै लकडाउन भएपछि रोकिएको थियो ।

निर्देशक सत्यराज चौलागाईंले क्याप्टेनसिप सम्हालेको चलचित्रमा अभिनेता मुकुन भुषाल र अभिनेत्री लक्ष्मी बर्देवाको प्रमूख अभिनय रहेको छ । मुकुन र लक्ष्मीले यसअघि चलचित्र ‘बुलबुल’ मा संगै काम गरेका थिए ।

राज पण्डित, सुबास राई र साबि बज्राचार्य को लगानी रहेको चलचित्रमा सुष्मा निरौला, प्रिया रिजाल, लय संग्रौला, हिउवाला गौतम, सरिता राजउपाध्याय, जीवन थापा लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । संकल्प भुजेल छायाँकार रहेको चलचित्र गाउँले परिवेशमा आधारित रहेको निर्देशक चौलागाईंले जानकारी दिए । चलचित्रमा एसडि योगी र सुरज थापाको संगीत रहेको छ । चलचित्रको रामेछापको एक गाउँमा सम्पूर्ण छायांकन भएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.