राजानन्द माण्डव्यको ‘मेरो झण्डा फरफराउँछ’



काठमाडौँ। राष्ट्रिय धरोहर संरक्षणका अभियान्ता राजानन्द माण्डव्यको ‘मेरो झण्डा फरफराउँछ’ गीतकाे भिडियाे सार्वजनिक गरिएको छ । लामो समयदेखि राष्ट्रिय पोशाक र राष्ट्रिय झण्डाको संरक्षणका लागि आवाज उठाउँदै आएका माण्डव्यले लेखेको यो गीतमा राष्ट्रिय झण्डाको महत्वलाई दर्शाउन खोजिएको छ । गीतमा रमेश सेन्चुरीले संगीत भरेका छन् । गीतमा माण्डव्य र बस्नेत दुवैको स्वर सुन्न सकिन्छ ।

सन्चु थोकरको छायांकन रहेको गीतको भिडियो निर्देशन गोविन्द राईले गरेका छन् । गीतको भिडियोमा संगीतकार शिला बहादुर मोक्तान, गायिका कुन्ती मोक्तान, सुरवीर पण्डित, पूर्व प्रहरी सुपरिवेक्षक सुदिप आचार्य, राष्ट्रिय अविष्कार केन्द्रका संस्थापक महावीर पुनलगायतका व्यक्तिहरुलाई देख्न सकिन्छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै भिडियो सार्वजनिक गरिएको हो।