थानेश्वरकोे गजल भित्र कोरिएको ‘तिम्रा यादहरु मलाई’



काठमाडौँ। गजल गीतमा अगाडि रहेका गायक थानेश्वर गौतमकोे नयाँ गजल गीत ‘तिम्रा यादहरु मलाई’ सार्वजनिक गरिएकोे छ । सार्वजनिक गीतमा थानेश्वरकोे संगीत तथा जीवन बिकको शब्द रचना छ । गीतले प्रेमिकाको यादमा तड्पिएकोे एक यूवकको भावनालाई भनेको छ ।

गीतको भाव अनुसार, भिडियोका निर्देशक रामजी लामिछानेले भिडियो तयार पारेका छन् । भिडियोमा मानकृष्ण श्रेष्ठको छायांकन, बन्दे प्रसादको सम्पादन छ ।

भिडियोमा रोेहन नेपाली, अल्का सुवेदी, सलिना खत्री र सुरज पोखरेलको अभिनय हेर्न सकिन्छ । कलाकारले गीतको भाव अनुसार जिवन्त अभिनय गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.