पूजा र आकाशको ‘झुम्कावाली’ (भिडियो)



काठमाडौँ। अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ फिचर्ड नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक ‘झुम्कावाली’ बोलको भिडियोमा पूजा र आकाशको नृत्य देख्न सकिन्छ । सार्वजनिक गीतमा मेलिना राई र मिलन अर्यालको स्वर सुन्न सकिन्छ । सुजन रेग्मीले लेखेको गीतको संगीत गायक अर्यालले नै तयार गरेका छन् । गायक अर्याल तथा गीतकार रेग्मी दुबै पेशाले इन्जिनियर हुन् ।

निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा सुवोल थापाको करियोग्राफी रहेको छ । वुद्ध थापाले खिचेको भिडियोलाई विकाश धमलाले सम्पादन गरेका छन् । म्युजिक भिडियोमा निवेश अर्याल, कृष अर्याल, निकिता तिमल्सिनाको लगानी रहेको छ ।