प्रदिपको ‘प्रकाश’ डिएआर मुभिजले मार्यो बाजी



काठमाडौँ। दिनेश राउतको निर्देशन तथा अभिनेता प्रदिप खड्का अभिनित प्रतिक्षित चलचित्र ‘प्रकाश’को डिजिटल राइट्स डिएआर मुभिजले खरिद गरेको छ। ‘प्रकाश’चलचित्रका निर्माता महेन्द्र अधिकारी चलचित्रका वितरक रोहित कट्टेल र डिएआर मुभिजका तर्फबाट संचालक श्याम धितालको उपस्थितिमा चलचित्र खरिद सम्झौता गरिएको छ। हाल सम्मकै महँगो रकममा डिजिटल राइट्स बिक्रि भएको निर्माता अधिकारीले बताए। चलचित्रको भारतमा हिन्दि भाषामा डब गरेर समेत प्रदर्शन गरिने तयारी रहेको जानकारी निर्माताले दिए । चलचित्र भारतका विभिन्न शहरमा रहेका चलचित्र घरमा नेपाली भाषामा समेत प्रदर्शन गरिने छ।

बिनिस इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा प्रदीपको अलावा रेनु योगी, दीया मास्के, प्रकाश घिमिरे, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाही लगायतका कलाकारहरुको अभिनय रहेको छ । विकास सुवेदीको कथा रहेको चलचित्रमा राजेश श्रेष्ठको छायाँकन र जिवन थापाको सम्पादन रहेको छ । चलचित्रमा दिपक शर्मा,तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत रहेको छ। चलचित्रले गाउँको शिक्षकले सरकारी जागिर खान गर्ने संघर्षको कथा बोकेको छ । चलचित्रको प्रदर्शन मिति सार्वजनिक गरिएको छैन। छिट्टै चलचित्रको पोस्टर तथा टिजर सार्वजनिक गरिने निर्माण टिमले जानकारी दिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.