अरुणा रुम्बाको ‘सपना हजार’ मा मिलनको आवाज



काठमाण्डौं । गायिका मिलन नेवारको आवाजमा रहेको ‘सपना हजार ‘ गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अरुण रुम्बाको शब्द , राजेश थापाको संगीत तथा निरोज लामाको एरेन्ज रहेको छ । मायामा संगैजिउने मर्ने कसम खाएका जोेडिको मनोभावलाई गीतमा समावेश गरिएको छ । प्रेम र रोमान्सको भाव समेटिएको उक्त गीत आम दर्शक तथा स्रोताको मनमा बस्ने कुरामा आफु आशावादी रहेको गायिका मिलनले बताइन ।

अमेरिकाको न्युयोर्क स्थित मोक्तान डिजिटल मार्फत सार्वजनिक गीतको भिडियोमा नायक आकाश श्रेष्ठ तथा नायिका स्वस्तिमा खड्काले अभिनय गरेका छन । बुद्ध थापाको छायाँकन , विकास धमलाको सम्पादन रहेको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन । गीतको भाव अनुसार भिडियोलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.