यशराज, सुनिता र विकाशको ‘मशानघाट २’, हेर्नुहोस भिडियो



काठमाडौं– ‘मशानघाट’ गीतको सफलतापछि गायिका सुनिता खड्काले यसको सिक्वेल अर्थात ‘मशानघाट–२’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् ।
गीतमा गायिका सुनिता खड्का तथा गायक प्रताप दासको यूगल स्वर सुन्न सकिन्छ । गायिका खड्काले आफ्नी दिवंगत आमा तारादेवीको सम्झनामा यो गीत तयार पारेकी हुन् । सार्वजनिक गीतका शब्दहरु गायिका सुनिता खड्काले नै तयार पारेकी हुन् । गीतमा जय देवकोटाको संगीत तथा संगीत संयोजन छ ।

केशवराज भट्टद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा अभिनेता यशराज गराच, विकास लामिछाने तथा गायिका सुनिता खड्काले नै अभिनय गरेका छन्। दीपक गिरीद्वारा छायांकन गरिएको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका छन् । ओएसआर डिजिटलबाट उक्त भिडियो सार्वजनिक भएको हो ।