सुजाता र अलिफको ‘कुरा सिधा छ’ मा पल र केकी (भिडियो)



काठमाडौँ। गायक अलिफ खान र गायिका सुजाता केसीको स्वरमा ‘कुरा सिधा छ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा रमेश परियारको शब्द तथा संगीत, एचबिएन किस्मतको एरेन्ज छ ।

गीतको भिडियोमा अभिनेता पल शाह र अभिनेत्री केकी अधिकारीको अभिनय हेर्न सकिन्छ । काजिश श्रेष्ठको कोरियोग्राफी एवं निर्देशनमा लुम्बिनीमा यस गीतको भिडियो छायाँकन गरिएको हो । यस गीतको भिडियोलाई अर्जुन तिवारीले छायाँकन र विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।

सुशिल शर्मा निर्माता रहेको म्युजिक भिडियो सुजाता केसीको युट्युबमार्फत सार्वजनिक गरिएको हो । गायिका सुजाताले यसअघि केही गीतहरु सार्वजनिक गरिसकेकी छिन् । ‘बाजा बजाउँदै’, ‘ओई कान्छी’ जस्ता गीतहरु उनका रुचाईएका गीत हुन् । ति गीतको भिडियोले युट्युबमा भ्युज पनि राम्रो पाएका छन् । ‘कुरा सिधा छ’ बोलको गीतलाई पनि स्रोता एवं दर्शकले रुचाउनेमा आफू विश्वस्त रहेको गायिका केसी बताउँछिन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.