विनाको प्रेमले सरोजलाई गाउँ छाड्न नदिएपछि (भिडियो)



काठमाडौँ। अमेरिकामा बस्दै आएका गायक विन्ती कुमार गुरुङ र गायिका शान्ता अर्यालको स्वर रहेको गीत ‘होई मेरो संसार’ आज युट्युब मार्फत विश्वव्यापी रिलिज गरिएको छ । गीतमा दीपक शर्माकोे शब्द तथा संगीत छ । गायक विन्ती कुमार अमेरिकामा रहेर पनि नेपाली गीतसंगीतमा निरन्तर सक्रिय छन् ।

यो गीतको भिडियोेलाई निर्देशक विधान कार्कीले निर्देशन गरेका हुन् । विधानले गीतको भिडियोमा सरोज प्रजा र विना राउतको प्रेम झल्काएका छन् । गीतको भिडियोमा विधानले गाउँबाट शहर जान खोज्ने केटा र उनलाई रोक्ने केटीको कथा भनेका छन् । भिडियोमा सुभाष कार्की ‘बेलबासे’को पनि अभिनय हेर्न सकिन्छ ।नवराज उप्रेतीको छायांकन रहेको गीतको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.