लभ फरेबर युनिट सँग सुमिनाको ठाक ठुक सम्पूर्ण प्रचार बाट सुमिना आउट हुने


sumina ghimire 9 cbn
(सेलिब्रेटी नेपाल) १९ जेठ-नायिका सुमिना घिमिरे केही समय आगाडि पत्रकारलाई ज्यान मार्ने धम्की दिएको कारण चर्चामा थिइन् । उक्त धम्कीको लागि माफी समेत मागिसकेकी सुमिनाले फेरि अर्को चर्चाको कारण निकालेकी छिन्। असार १४ गतेबाट देशभर प्रदर्शन हुन लागेको चलचित्र ‘लभ फरेबर’निर्माण युनिट सँग उनको ठाक ठुक परेको छ।

धरानमा भएको राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी हुन गएकी सुमिनाले त्यहाँबाट नै सिनेमा लभ फरेबरको प्रमोशनमा लाग्ने भन्दै निर्देशकलाई बोलाएकी थिइन्। निर्देशक शंकर आचार्य र नायक गजित विष्ट काठमाण्डौँबाट गएपछि उनीहरु चलचित्रको प्रमोशनको लागि दमक जाने सल्लाह थियो । तर नायिका घिमिरेले भने आफ्नो दिदी साधना घिमिरेको दुर्घटना भएको भन्दै काठमाण्डौँ फर्कन लागेको बताइन्। सुमिनाको दिदी साधनासँग बुझ्दा कुनै दुर्घटना नभएको पाइएपछि उनले झुट बोलेर निर्देशकलाई धोका दिएको रहस्य बाहिर आएको छ। दमक पुगेका निर्देशक आचार्यले त्यहाँ पत्रकार सम्मेलन गर्दै लभ फरेबरको कुनै पनि पोष्टर, प्रोमोमा सुमिनाको टाउको नराख्ने निर्णय गरेका छन्। चलचित्रको सम्पूर्ण प्रचार प्रचारमा साथ दिने भनेर बोलाएकी सुमिनाले झुटो बोल्दै विश्वासघात गरेपछि निर्देशकले यस्तो निर्णय लिएका हुन्। पत्रकार धम्कि बिरुद्द माफी माग्न सुमिना ‘लभ फरेबर’युनिट कै दबाबका कारण राजी भएको बिशेष सुत्र बाट जानकारी प्राप्त भएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.