सापकोटाले ल्याए गीत ‘भरत तालैमा’ (भिडियो)



काठमाडौँ। गायक तथा संगीतकार चेतन सापकोटा पछिल्लो समय फरक शैलीका गीत संगीत सृजना गर्ने अभियानमा लागेका छन्। उनले विभिन्न गाउँ पालिका तथा नगरपालिकाका गीतहरु बनाई रहेका छन्। सर्लाही जिल्ला बागमती नगरपालिकामा रहेको भरत ताललाई समेटेर ‘भरत तालैमा’ बोलको गीत भिडियो सहित सार्वजनिक गरेका छन्। सार्वजनिक भिडियोमा कलाकारहरु चेतन सापकोटा, अर्बिसा थापा, भोजराज श्रेष्ठ, वर्षा प्रधान, पुजा श्रेष्ठ,सोम लामा (छोटे) फिचर्ड छन्। राज पोखरेलले छायाँकन गरेको भिडियोलाई प्रतिक ढुंगेलले सम्पादन तथा टेकेन्द्र शाहले कलर संयोजन गरेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.