धरानमा शनिबारदेखि दोस्रो राष्ट्रिय चलचित्र महोत्सव सुरु


chalchitra mahotsab
(सेलिब्रेटी नेपाल) १९ जेठ-सुनसरीको धरानमा शनिबारदेखि दोस्रो राष्ट्रिय चलचित्र महोत्सव सुरु भएको छ ।महोत्सव तीनसम्म चल्नेछ । महोत्सवको उद्घाटन वरिष्ठ चलचित्रकर्मी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गर्नुभयो ।
madan hari nisha
अनाम धरानको व्यवस्थापन र धरान नगरपालिकाको सञ्योजनमा हुने महोत्सवमा १ सय २५ कलाकारहरु सहभागी रहेको आयोजकले जनाएको छ।
महोत्सवमा पूर्वका सुटिङ स्थलहरुको पहिचान, नयाँ स्थलको खोजी गर्ने तथा नयाँ प्रतिभाका लागि कार्यशाला हुने वोर्डका सदस्य एवं कार्यक्रमका सहसंयोजक निलहरी काफ्लेले बताउनुभयो ।

धरानको डिपो उच्च माविमा भएको महोत्सवमा चारवटा चलचित्रहरु प्रदर्शन गरिने छ । महोत्सवमा बोक्सी, सुम्निमा, शिरीषको फूल, र म तिम्रो भइसकें चलचित्र प्रदर्शन गरिने छ।

महोत्सबमा धरानमा जन्मिएर चलचित्र लाइ कर्म क्षेत्र बनाएका बिभिन्न चलचित्रकर्मिलाइ सम्मान गरीएको छ । सम्मान पाउनेमा निर्देशक दिपक श्रेष्ठ , निर्देशक सुरज सुव्वा नाल्वो , निर्माता छबिराज ओझा , निर्माता प्रेम सुव्वा निर्माता संघका अध्यक्ष राजकुमार राइ रहनु भयको छ। तर राजकुमार राइको भने महोत्सवमा उपस्थिति रहेको छैन।