प्रमोद र एलिनाको ‘चेप्टे सुन’ सार्वजनिक (भिडियो)



काठमाडौँ। गायक प्रमोद खरेल र एलिना चौहानको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। चेप्टे सुन बोलको गीतमा निर्मला राई परिवेशको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको छ। लोक शैलीको गीतमा यसराज गराच र करुणा श्रेष्ठ फिचर्ड छन्। मिलन चाम्सको निर्देशनमा बनेको भिडियोमा सुदिप बरालको डिओपि,अर्जुन जिसीको सम्पादन तथा कविराज गहतराजको कोरियोग्राफी रहेको छ। भिडियो ओएसआर डिजिटलको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.