ट्रेलरमा यस्तो देखियो ‘ओभर डोज’



काठमाडौँ । चलचित्र ‘ओभर डोज’को ट्रेलर सार्वजनिक भएको छ । आगामि १७ मंसिरमा सार्वजनिक प्रदर्शनमा आउने चलचित्रको ट्रेलरमा प्रेम, रोमान्स र एक्सन समेटिएको छ । अमेरिकामै सम्पुर्ण छायांकन भएको चलचित्रको ट्रेलर हलिउड शैलीमा निर्माण भएको छ ।

चलचित्र दादा प्रोडक्सन हाउस र रिच इन्टरटेनमेन्ट प्रा.लिको संयुक्त ब्यानरमा बनेको हो । चलचित्रका निर्देशक सुमन पौडेल हुन् । प्रनिश राज पन्त, सबिन जंग थापा, बिना श्रेष्ठ, स्वामी डि, एलेन ब्रनिला, सदीक्षा कार्की, डुएन टर्नर लगायत कलाकारको मुख्य भुमिका रहेको चलचित्र जीवन कुमार केसीले निर्माण गरेका हुन् ।
निर्माता जीवन कुमार केसीले चलचित्र युवापुस्ताको रुचिलाई ध्यानमा राखेर निर्माण गरेको बताए ।

चलचित्रमा पिजे वाइबाको संगीत, साजन कार्कीको सम्पादन र गुच्ची भाईको छायांकन रहेको छ । कमल पाण्डेको भिजुअल इभेक्ट समेटिएको फिल्मका लेखक उपेन्द्र पन्जियार, जुनियर मोरेनो हुन् । नयन आचार्य प्रोडक्सन डिजाइनर रहेको चलचित्र जि.जि ग्रूप उपत्यका र एफ.डि कम्पनीले उपत्यका बाहिर बितरण गर्न लागेको हो ।