सुरेश वाग्लेको हारमा पुष्प र प्रमिला (भिडियो)



काठमाडौँ। गायिका अन्जु पन्तको आवाजमा रहेको ‘जितेर पनि हारमा छु’ बोलको गीतको फिमेल भर्सन सार्वजनिक गरिएको छ। गीतमा कलाकारद्वय पुष्प खड्का र प्रमिला कार्कीको अभिनय देख्न सकिन्छ। सुरेश वाग्लेको शब्द रचना तथा हरि लम्सालको सङ्गीत रहेको गीतको एरेन्जर रहेका छन् रिकेस गुरुङ।

हाल अमेरिका भ्रमणमा रहेकी गायिका अन्जु पन्तले अमेरिकाको बोस्टनमा रहेको ‘बाजा रेकर्डस्’मा भोकल रेकर्ड गराएकी हुन्। यस्तै गीतको फिमेल भर्सनको भिडियोलाई पनि पहिलेजस्तै शान थापाले निर्देशन र अर्जुन तिवारीको छायांकन देख्न सकिन्छ। यसअघि शिव परियारको आवाजमा सार्वजनिक मेल भर्सनमा भने कलाकार पुष्प खड्का र मरिस्का पोखरेलको अभिनय रहेको थियो।

नेपाली वेबसाइटको अफिसियल यू–ट्युवमा सार्वजनिक उक्त गीत दर्शक स्रोतामाझ निकै रुचाइएको र, अब फिमेल भर्सनलाई पनि दर्शक स्रोताले उतिकै साथ र सपोर्ट गरिदिनुहुनेमा आफू विश्वस्त रहेको गीतका सर्जक सुरेश वाग्ले बताउँछन्। यस गीतकाे भिडियाेमा अन्य कलाकारहरू साेनी ल्वागुन, विवेक दत्त मंगेस र सुरेश वाग्लेकाे समेत अभिनय देख्न सकिन्छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.