दिल सँग रोमान्स र कर्जा रगतको


smita thapa romans
(सेलिब्रेटी नेपाल) १७ जेठ-आज शुक्रबारबाट पनि तिन नयाँ चलचित्रहरु प्रर्दशनमा आउने भएका छन्। नेपाली चलचित्रको बजार दिन प्रतिदिन घट्दै गइ रहे पनि चलचित्र निर्माण हुने र प्रदर्शन हुने क्रम घटेको छैन। ‘दिल,’रोमान्स’ र ‘कर्जा रगतको’आज बाट प्रदर्शनमा आएका चलचित्र हुन्। चलचित्र ‘दिल’ लाई मनोज श्रेष्ठले निर्माण तथा निर्देशन गरेका हुन्। चलचित्रका मुख्य भुमिकामा उनि आफै छन्। मध्यमबर्गीय परिवारले आफ्ना सन्तानलाई डाक्टर बनाउन गरेको संघर्षको कथा छ यस चलचित्रमा। झरना थापा, कमलकृष्ण, दिनेश शर्मा, ममता प्रधान, उत्तम के.सी, सुबास गजुरेल, रामकुमार, लगायतको चलचित्रमा अभिनय हेर्न पाईनेछ।

यसअघि ‘लास्ट किस’ र ‘लभ यु म्यान’ लगायतका चलचित्रको निर्देशन गरिसकेका बिबी फुयाँलले निर्देशन गरेको चलचित्र हो ‘रोमान्स। चलचित्रमा नायिका स्मिता थपलियाले थुप्रै रोमान्स गरेकी छिन्। यस चलचित्रलाई सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट दिएको छ। रोजगारीको अवसर खोज्दै विदेशिएका श्रीमान श्रीमतीका कथा यसमा छ। चलचत्रिमा विशाल पोखरेल, सुरेश चौधरी, समन्त आचार्य, आर बिके निर्दोष, आदित्य त्रिपाठी, आकाश श्रेष्ठको अभिनय हेर्न सकिन्छ।

‘कर्जा रगतको’ भोजपुरी र नेपाली भाषामा निर्माण गरिएको चलचित्र हो। चलचित्रको निर्माण मिना कुमारीले गरकी हुन्। चलचित्रमा बिराज भट्टको साथमा रानी चटर्जी, आशा पौडेल लगायतका कलाकारले अभिनय गरेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.