सबीन श्रेष्ठ स्टारर चलचित्र ‘साजन’ को गीत सार्वजनिक



काठमाडौँ। सुस्ताएको चलचित्र क्षेत्र अब चलाएमान हुन थालेको छ। अक्षय कुमार स्टारर बलिउड फिल्म ‘सुर्यबंशी’ ले राम्रो दर्शकको साथ पाए संगै अब नेपाली चलचित्रको प्रदर्शन पनि सुरु हुन थालेका छन्। सबीन श्रेष्ठ स्टारर चलचित्र ‘साजन’ आगामी शुक्रवार अर्थात् असोज २६ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ। चलचित्रमा सबीन संगै अर्जुन गुरुङ,अफ्सना थापाको मुख्य भूमिका रहेको छ।

बाबुल गिरीको स्वर तथा संगीत रहेको गीत सार्वजनिक गरिएको छ। सार्वजनिक रोमान्टिक गीतमा युद्द लामाको कोरियोग्राफी रहेको छ। दिपक लामाको लेखन तथा निर्देशन रहेको चलचित्रलाइ आर आर फिल्म्सले वितरणको जिम्मा लिएको छ। चलचित्रको डिजिटल राइटस् डिएआर मुभिजले खरिद गरेको छ। गीतको भिडियो डिएर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.