‘के म तिम्रो साथी बन्न सक्छु’ भन्दै आए कमल खत्री (भिडियो)



काठमाडौँ। गायक कमल खत्रीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘के म तिम्रो साथी बन्न सक्छु’ बोलको गीतमा मोहन दियालिको शब्द तथा संगीत रहेको छ। पुस्कर सुनुवारले संगीत संयोजन गरेको रोमान्टिक गीतको भिडियोमा पवन बराइली र सम्झना बलामी फिचर्ड छन्। प्रदिप कुमार रसाइलीले निर्देशन गरेको भिडियोमा नबिन गिरिको छायाँकन तथा अमृत चापागाईंले सम्पादन गरेका छन्।