मनोवादको ‘सान्नानी’ मा सुधीर र लक्ष्मी (भिडियो)



काठमाडौँ। मनोवादको शब्द, संगीत र आवाज रहेको ‘सान्नानी’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रिन्स नेपालीले सारङ्गी भरेका छन् भने रुबिन कुमार श्रेष्ठले मिक्सिङ मास्टरिङ्ग गरेका छन् ।

सुरज महर्जनको निर्देशनमा तयार पारिएको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । भिडियोमा लक्ष्मी बर्देवा, सुधीर श्रेष्ठ र उत्तम केसीको अभिनय रहेको छ । निशल पौडेलले दृश्य कैद गरेको भिडियोलाई हाइलाइट्स् नेपालको आधिकारिक युट्युब च्यानल मार्फत हेर्न सकिने छ ।