दीपक र बुनुको ‘२ बजे राती’ मा सुधीर र उषा (भिडियो)



काठमाडौँ। गायक दिपक महर्जन र गायिका बुनु श्रेष्ठको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘२ बजे राती’ बोलको गीतमा दिपक शर्माको शब्द तथा संगीत रहेको छ। मनोज राजभण्डारीको संगीत संयोजन रहेको गीत रोमान्टिक फ्लेभरमा बनेको छ।

मेइरन राजभण्डारीको निर्देशनमा बनेको भिडियोमा नवराज उप्रेतीको डिओपी,राजिब समरको कोरियोग्राफी,संगीत बानियाँको सम्पादन रहेको छ। भिडियोमा उषा उप्रेती र सुधिर श्रेष्ठ फिचर्ड छन्।

Copyright © 2012 - 2026 | All Right Reserved.